Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आठ स्थानीय तह पहिराेको उच्च जोखिममा

    आठ स्थानीय तह पहिराेको उच्च जोखिममा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 1.6K
    SHARES

    बैतडी । देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेका छन् ।

    मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिममा रहेका हुन् । विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भए पनि आठ वटा स्थानीय तह पहिराको उच्च जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।



    अहिलेसम्म पहिराले पु¥याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । उनले भने, “सुर्नया र पाटनबाहेक अरु स्थानीय तह पहिराको उच्च जोखिममा छन्, यी दुई स्थानीय तहमा पनि जोखिम कायमै छ ।” जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले विगतका वर्षमा बाढीपहिराले गराएको क्षति र अझै सम्भावना रहेका आधारमा उच्च जोखिममा राखिएको बताए।



    जिल्लाको डिलाशैनी गाउँपालिकाको बाङ्गाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारी खेतलगायतका ठाउँ पहिराको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिराको उच्च जोखिममा छन् । यस्तै जिल्लाको पुरर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिराको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिराका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए। उनले भने, “हरेक वर्ष पहिरो नियन्त्रण भनेर बजेट आउने गरेको भए पनि पहिरो नियन्त्रण हुन सकेको छैन ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार