काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा ठूला पार्टीकै हाइप्रोफाइल नेताहरु मुछिएपछि युवराज सफलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरि अनुसन्धान गर्न निवेदन दिएका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पठाउँदै सफलले कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई पक्राउ गरि अनुसन्धान गर्न निवेदन दिएका हुन्।
सफलले भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका नेताहरू देउवा र ओलीलाई यो प्रकरणबारे सबै थाहा भएको भन्दै निवेदन दिए ।
सफलले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मञ्जु खाण, पूर्व गृहमन्त्री राम बहादुर थापा र बादलकी श्रीमती नैनकला थापा, बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, वाग्मती प्रदेशसभाका पूर्व सांसद अजय क्रान्ति शाक्य सहितलाई पक्राउ गरि अनुसन्धान गर्न आग्रह गरेका छन् ।
उनले प्रहरी प्रमुख तत्कालीन एसएसपी वसन्त कुवँरको नाम पनि यो प्रकरणमा जोडिएको भन्दै आइजीपीबाट बर्खास्त गरि कारवाहीको माग गरेका छन्।
Leave a Reply