Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

    भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोगपत्र दर्ता गरेको छ ।

    बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



    नक्कली भुटानी शरणार्थी प्रकरणका ३० जना अभियुक्तहरूमाथि तयार पारिएको अभियोजन दर्ता गरिएकको छ । जसअनुसार अभियुक्तहरुविरुद्ध २७ करोड २१ लाख बिगो माग गरिएको छ ।



    उनीहरूमाथि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी, सरकारी कीर्ते र एकीकृत कसुरमा अभियोजन लगाइएको छ । यसअघि सरकारी वकिल कार्यालयको आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकको करोडौं रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

    घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको बताइएको छ । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ ।

    शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

    यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज राई,लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार