Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई रविको प्रश्न – भुटानी शरणार्थी प्रकरणमा तपाईंको मुटु काम्यो कि ?

    प्रधानमन्त्री प्रचण्डलाई रविको प्रश्न – भुटानी शरणार्थी प्रकरणमा तपाईंको मुटु काम्यो कि ?

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    लामिछानेले भने, ‘प्रधानमन्त्रीज्यू तपाईंले म मुटु कमाउँदिन भन्नुभएको थियो । अब म तपाईंको मुटु चके गर्न चाहन्छु । कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शङ्का छ । जस्ता जस्ता मान्छेको नाम क्रमशः आउँदै छ । एक पटक बयानका लागि नबोलाएर अविश्वासको वातावरण सिर्जना भएको छ ।’



    लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताए । एकपछि अर्का गर्दै यो प्रकरणमा मुछिएकालाई बयान लिन समेत नबोलाइनु आपत्तिजनक रहेको लामिछानेको भनाइ छ ।

    राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्न समेत उनले सचेत गराए । तीन पार्टी बसेर यो विषय मिलाउन खासखुस गरिएको आरोप लगाउँदै उनले यसमा आपत्ति जनाए । भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार