Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन होस् : रवि लामिछाने

    भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन होस् : रवि लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 768
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लामिछानेले यस्तो बताएका हुन् । उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे ।



    सांसद लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।



    सांसद लामिछानेले भने, ‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस्।’

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार