Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • एक क्विन्टल गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ

    एक क्विन्टल गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 615
    SHARES

    महोत्तरी । महोत्तरी प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

    मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।



    प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    महोत्तरी प्रहरीका अनुसार दुवैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार