Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • भ्रष्टाचारका विषय उठाउँदा पनि सरकारले जवाफ दिँदैन : मनिष झा

    भ्रष्टाचारका विषय उठाउँदा पनि सरकारले जवाफ दिँदैन : मनिष झा

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 579
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसद्‍मा भ्रष्टाचारको विषय उठाउँदा सरकारले जवाफ नदिएको बताएका छन्।

    मंगलबार संसदको शून्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् ।



    उनले नक्कली भुटानी शरणार्थीको विषयमा सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नहरुको जवाफ नदिने बताए ।



    सांसद झाले भने, ‘त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस्। भ्रष्टाचारको कुरा पटक-पटक विभिन्न फोरममा उठाउँछौं, सबैभन्दात्यसमा पनि संसदमा विशेष उठाउँछौं। तर जवाफ आउँदैन। सरकार पक्षले जवाफ दिँदैन।’

    उनले ४ पटक जानकी मन्दिरको टायल र विद्युतको भ्रष्टाचारको विषयमा कुरा उठाएपनि जवाफ नआएको उल्लेख गरे। उनले भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो भनेर प्रश्न पनि गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार