Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • शंकर पोखरेलको आरोप – सत्तापक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का बनाइयो

    शंकर पोखरेलको आरोप – सत्तापक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का बनाइयो

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 495
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का बनाइएको आरोप लगाएका छन् ।

    मंगलवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    उनले पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नल्याइएको आरोप लगाए ।



    उनले लेखेका छन्, ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा शुरूदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ । यति संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार