काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।
उक्त प्रतिवेदनमा ३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहित आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ ।
जसमा अनुसन्धान प्रतिवेदनमा ठगी, राष्ट्रहित प्रतिकुलताको कसुर, कीर्ते र संगठित अपराधको मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।
ठगी, कीर्ते र राष्ट्रहित प्रतिकुलको कसूरमा अलग अलग सजाय गर्दा जम्मा १९ वर्ष सजाय हुने र संगठित अपराध बापत थप ५० प्रतिशत सजाय हुँदा अधिकतम सजाय गरेको अवस्थामा साढे २८ वर्ष सजाय हुने देखिएको प्रहरीले बुझाएको रायमा उल्लेख छ ।
शरणार्थी प्रकरणमा संलग्नहरुमध्ये पक्राउ परिसकेका र पक्राउ पर्न बाँकी गरी ३३ जनाविरुद्ध १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।
Leave a Reply