Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज सरकारी वकिललाई प्रतिवेदन बुझाउने

    भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज सरकारी वकिललाई प्रतिवेदन बुझाउने

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 483
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंलेले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन बुझाउन लागेको हो ।



    आइतबार नै प्रतिवेदन बुझाउने भनिए पनि प्राविधिक कारण बुझाउन नसकेको परिसरले जनाएको छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।



    पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीनदिनको म्याद थपिएको थियो । अहिलेसम्म कुन कसुरमा मुद्दा चलाउने भन्ने विषय टुंगिसकेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि मात्र कसुरबारे टुंगो लाग्ने बताइएको छ ।

    संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको, राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउन सकिने विषयमा अध्ययन भइरहेको बताइएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरू प्रहरी नियन्त्रणमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार