Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ४ करोड बार्गेनिङ गरी ५० लाख लिन जाँदा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

    ४ करोड बार्गेनिङ गरी ५० लाख लिन जाँदा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 6K
    SHARES

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै ठगि गरेको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन्। आफुलाई युवा  युवा ज्योतिष दाबी गर्ने  क्षेत्री सहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

    नेपाल बिधुत प्राधिकरणले खरिद गरेको जग्गामा उनीहरुले चार करोड मागेका थिए। स्रोतका अनुसार अनुसार उनीहरुको डिल ५० लाख रुपैयामा मिलेको थियो। सो पैसा लिन जाँदा उनीहरुपक्राउ परेका हुन ।



    जग्गासम्बन्धि उजुरी परेकोले मिलाउन भन्दै उनीहरुले बुढानिलकण्ठ चपलीका एक जग्गा व्यवसायीसँग पाँच करोड रुपैयाँ मागेका थिए । पनि ५० लाखसम्म मुद्दा मिल्ने भन्दै पैसा लिन गएका बेला पक्राउ परेका हुन् । सरकारी जग्गामा हिनामिना गरेको भन्दै ती व्यवसायीलाई धम्काइएको थियो ।



    आयोग र महानगरीय अपराध महाशाखाको टोलीले विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेल भएको आयोगले जनाएको छ। घटनाका माष्टर माइन्ड शम्भु रेग्मी हुन् ।

    ज्योतीष क्षेत्रीले आफु अख्तियारको सहसचिव भएको बताएका थिए । उनीहरुले पैसा मागेको भिडियो समेत बरामद भएको प्रहरीले जनाएको छ । क्षेत्री यसअघी भूकम्पको अफवाह फैलाएको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका थिए।

    यसबारे अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले समेत प्रेस विज्ञप्ति नै जारी गरेर जानकारी गराइसकेकाे छ ।

    यस्ताे छ अख्तियारकाे विज्ञप्ति

    प्रेस विज्ञप्ति : मिति २०७७।०३।२६ गते ।
    जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा. चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोज्ने ९ जना नियन्त्रणमा ।

    जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. २ चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अ.दु.अ. आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोजी मोवाइल फोनबाट सूचना कर्तालाई पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग तथा महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उक्त रकम लिन आएको अवस्थामा आफूलाई जोतिष भन्ने अर्जुन कुमार थापाक्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई काठमाडौं जिल्ला का.म.न.पा. गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट मिति २०७७।०३।२५ गते नियन्त्रणमा लिई निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ ।

    प्रवक्ता
    प्रदीपकुमार कोइराला

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार