काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम दुई वर्षभित्र टुंग्याउने बताएका छन् ।
१४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले प्रमुख राजनीतिक दलहरूबीच संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने समझदारी भएको बताए ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता र सत्य निरुपणको काम अन्तिम चरणमा उनको भनाई छ ।
Leave a Reply