काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाँउपालिका-६ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षिय उमेश रिमाल रहेका छन् ।
पक्राउ परेको रिमालले अनिष श्रेष्ठसहित १७ जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रिमाल ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विकलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका विकलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply