काठमाडौं । विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दा नयाँ मिस नेपाल चुनिन लागेको छ ।
यो अन्योलकोबीच द हिडन ट्रेजरले मिस नेपाल-२०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाउने निर्णय गरेको छ ।
आगामी साता नयाँ मिस नेपाल आउने भएपछि विश्वसुन्दरी प्रतियोगितामा कसले भाग लिने भन्नेबारे अन्योल सिर्जना भएको थियो । तर, हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार अनुसार प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने तयारी गरेको हो ।
मे महिनामा यूएईको दुबईमा हुने भनिएको मिस वर्ल्डको फिनाले अनिश्चितकालका लागि स्थगित भएपछि मिस नेपालको तालिका नै प्रभावित भएको हो ।
मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार आयोजना हुँदैछ ।
Leave a Reply