Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा

    अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ । अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

    अमेरिकी सरकारको द स्टुडेन्ड एन्ड इक्सचेन्ज भिजिटर प्रोग्राम(एसइभिपि)ले सोमबार प्रकाशित गरेको एम–वन र एफ–वन भिसामा परिवर्तन गरी नयाँ भिसा नीति कार्यान्वयनमा ल्याएको हो । नयाँ भिसा नीतिले अब आउँदो अगस्ट÷सेप्टेम्बरको शैक्षिक सत्रमा अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरूले अनलाइन कक्षामा सहभागिता जनाउन पाइने छैन ।



    विदेशी विद्यार्थी शैक्षिक संस्थाहरूमा भौतिक रुपमै उपस्थित भई कक्षा लिनुपर्नेछ । विदेशी विद्यार्थीले यो नीति नमाने अमेरिकी सरकारले त्यस्ता विद्यार्थीको भिसा रद्ध गरी स्वदेश फर्काउने नयाँ भिसा नीतिमा उल्लेख छ । कठोर भिसा नीतीका कारण अमेरिकामा स्नातकदेखि विद्यावारिधी अध्ययनरत नेपाली विद्यार्थीहरूको भविष्य नै अन्योलमा परेको छ ।



    अमेरिकन सरकारले एकातिर कठोर भिसा नीति अपनाएको छ भने अर्को तर्फ कोरोनाको जोखिम भन्दै शैक्षिक संस्थाहरू बन्द गरेर अनलाईन कक्षा संचालन गर्दै आएका छन्। उनीहरूले विद्यार्थीलाई कक्षामा उपस्थित गराएर पठनपाठन गराउने जोखिम मोल्न तयार छैनन्। जसका कारण अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर गएका विद्यार्थीहरू निरास भएका छन् । नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार