काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मागेअनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।
जम्कट्टेलले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका एक बिना विभागियसहित ४ मन्त्रीलाई जिम्मेवारी दिएका छन् । कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।
यस्तै उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा। राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
Leave a Reply