Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने प्रयास भयो : केपी ओली

    भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने प्रयास भयो : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 639
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं। तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु । दोषी उम्काउने, निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ ।’



    अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गएपनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरुमध्ये ४२९ को कार्ड समेत बनिसकेको बताए ।

    भुटानी शरणार्थी प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरेपनि त्यो सफल नहुने उनले बताए । उनले आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको बताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार