Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राप्रपा सांसद नेपालीको प्रश्न- सरकार राजनीतिक नेतृत्वले चलाउँछ कि विचौलियाले ?

    राप्रपा सांसद नेपालीको प्रश्न- सरकार राजनीतिक नेतृत्वले चलाउँछ कि विचौलियाले ?

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य अनिता नेपालीले सरकारको निर्णयसमेत विचौलियाले प्रभावित गरिदिएको भन्दै देशको सरकारले कसले चलाउँछ भन्दै प्रश्न गरेकी छिन् ।

    राप्रपा सांसद नेपालीले संसद्को शून्य समयमा बोल्दै सरकारको निर्णयसमेत विचौलियाले प्रभावित गरिदिएको भन्दै उक्त प्रश्न उठाएकी हुन् ।



    उनले नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट ०७१ साल यता चारपटक उखु किसानलाई भुक्तानी दिने निर्णय गरेर पनि अहिलेसम्म किसानले भुक्तानी पाउन नसकेको बताइन् ।



    सांसद नेपालीले प्रश्न गरिन्, ‘यो देशको सरकार विचौलियाले चलाउँछ कि कसले चलाउँछ ? यदि विचौलियाले चलाउँदैनन् भने सरकारले उखु किसानका विषयमा गरेका निर्णय किन लागु हुँदैन?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार