Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • म्याग्दीमा पहिरोमा पुरिएर सात जना वेपत्ता

    म्याग्दीमा पहिरोमा पुरिएर सात जना वेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3.1K
    SHARES

    फाइल तस्विर

    बेनी । म्याग्दीमा पहिरोमा पुरिएर सात जना वेपत्ता भएका छन्। धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोमा पुरिएर सात जना वेपत्ता भएकाे जानकारी जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएकाे छ।

    भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको वडा अध्यक्ष राजाराम सुवेदीले बताए। छ। उनका अनुसार भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए। भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले जानकारी दिए।



    यसैगरी सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ। वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए। घरका मानिसहरुले भागेर ज्यान बचाएका छन्। भाग्ने क्रममा १ जना घाइते भएका छन्।



    यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको सिडिओ ज्ञाननाथ ढकालले बताए।

    नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो। सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ। बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार