Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • उदयपुरमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु , रामपुर बजार तनाबग्रस्त

    उदयपुरमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु , रामपुर बजार तनाबग्रस्त

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 696
    SHARES

    उदयपुर । टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि उदयपुरको रामपुर बजार तनावग्रस्त बनेको छ।

    उदयपुरको वेलका नगरपालिका-४ स्थित लालबजारमा मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करबाट स्थानीय नवराज रानामगरकी चार वर्षीया छोरी एन्जिलाको घटनास्थलमै मृत्यु भएको थियो।



    टिपरले किचेर बालिकाको मृत्यु भएपछि स्थानीयको प्रदर्शन गर्दा दिनभर बजार क्षेत्र तनावग्रस्त भएको छ। उनीहरूले दुईवटा टिपर, एउटा ट्र्याक्टरमा आगजनी गर्नुका साथै दमकलमाथि पनि तोडफोड गरेका थिए।



    शनिबार पनि स्थानीयहरूले बजार क्षेत्र बिहानैबाट बन्द गर्दा मदन भण्डारी राजमार्ग सूचारु हुन सकेको छैन। अहिले प्रदर्शनस्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन्।

    घटनाबारे सवारीधनीसँग बिहान छलफल गर्ने भनिएपनि वार्ता हुन सकेको छैन। ठक्कर दिने टिपरका चालक इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको उदयपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार