Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले पठायो कुटनीतिक नोट

    नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले पठायो कुटनीतिक नोट

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नेपालले नयाँ नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ ।

    राष्ट्रियसभा सदस्य रामनारायण विडारीले यसबारे राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोलेका हुन् । नेता विडारीका अनुसार भारत सरकारले असार १० गते नै कुटनीतिक नोट पठाएको थियो । तर परराष्ट्र मन्त्रालयले यसबारे सूचना सार्वजनिक गरेको छैन ।



    नेपालको संसदले संविधान संशोधन गर्दै नयाँ नक्सा जारी गरेपछि भारतीय अधिकारीहरुले यसमा विरोध जनाएका थिए । केही नेताहरुले भने नेपाल रुष्ट बनेकोमा सहमतिबाट समाधान खोज्नुपर्ने तर्क गरेका थिए ।



    भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुलाबाट लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो । तर नेपाल र भारत सरकारबीच वार्ताको वातावरण बन्न नसकेपछि पछिल्लो समय दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ । नेपाल सरकारले भारत वार्ताका लागि तयार नदेखिएको भन्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर गत जेठ ५ गते नयाँ नक्सा जारी गरेको हो । अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार