Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारत भ्रमणका क्रममा मुलुक र जनताका पक्षमा केही रेकर्ड बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

    भारत भ्रमणका क्रममा मुलुक र जनताका पक्षमा केही रेकर्ड बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 900
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने दाबी गरेका छन् ।

    शनिबार अखिल नेपाल ट्रेड युनियम महासंघको एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको पक्षमा नयाँ पहलकदमी लिन जोड गरिरहेको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गरे ।



    उनले भने, ‘मेरो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विश्वासका साथ तयारी भएको छ । मलाई लाग्छ, राष्ट्र र जनताका पक्षमा केही रेकर्डहरु बनाउने पूरै कोशिष मेरो छ ।’

    प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू छलफलमा बस्दा भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भए पनि आफूहरू संसद्लाई सहज रूपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार