काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएको छ ।
शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।
४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पुष्टि गरे ।
काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।
Leave a Reply