Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

    सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् ।

    सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जनाकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् ।



    मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् ।



    सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार