कैलाली । सुदूरपश्चिम सरकार आज विस्तार हुने भएको छ । शुक्रबारै सरकार विस्तारको गृहकार्य गरिएको भएपनि नागरिक उन्मुक्ति पार्टीले आज १० बजे सम्मका लागि समय माग गरेपछि रोकिएको थियो ।
मुख्यमन्त्री कमल बहादुर शाहले आज बाँकी रहेका चार मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी थालेका हुन् । शाहीले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट पृथ्वीबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट रमेश धामी र झपट साउँदको नाम आएको बताए । माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ । सामाजिक विकास मन्त्रालयमा माओवादीबाट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै धामी मन्त्री बन्ने करिब टुङ्गो लागिसकेको छ । माओवादीकी गीताको मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री बन्ने करिब पक्कापक्की जस्तै छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ ।
माघ २६ मा मुख्यमन्त्री भएका कमल बहादुर शाहले २७ गते कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए ।
Leave a Reply