काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अहिले देखिएका चुनौतीलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रमभन्दा पनि राष्ट्रपतिको सवारी, स्वास्थ्य र सम्बोधनको चर्चा भएको बताएका छन् ।
‘न नीति न कार्यक्रम ! स्वास्थ्य उपचारपछि आराम गरिरहुनभएका सम्माननीय राष्ट्रपतिको विवशता पट्यारलाग्दो भाषणमा प्रकट भो । नीति कार्यक्रमको भन्दा आजको संसदमा तीन कुराको विशेष चर्चा भो– राष्ट्रपतिको सवारी, राष्ट्रपतिको स्वास्थ्य र राष्ट्रपतिज्यूको सम्बोधनको विवशता,’ उनले भनेका छन् ।
नीति तथा कार्यक्रमले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सिर्जना गरेको बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।
Leave a Reply