काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै सरकारी अस्पतालमा अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बहिरङ्ग ओपिडी सेवाका लागि १५ दिनभित्रै संघीय र प्रादेशिक अस्पतालहरूलाई अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
स्वास्थ्यमन्त्री बस्नेतले दिएको निर्देशनमा भनिएको छ , ‘सबै संघीय अस्पतालहरूमा ओपिडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने साथै प्रादेशिक अस्पतालहरूमा पनि सोही नियम लागु गर्न प्रादेशिक स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गर्ने।’
उनले स्वस्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएको पनि उल्लेख गरे।
सबै संघीय अस्पतालहरूमा जनरल शैय्या, आइसियु शैय्यामा बिरामी भर्ना र रिक्त संख्या आफ्नो वेबसाइटमा दैनिक रूपमा ७ दिनभित्र अद्यावधिक गर्न अस्पतालहरूलाई निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ।
Leave a Reply