काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत आज शुक्रबार स्वीजरल्याण्डको जेनेभा जाँदैछन्।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७६ औँ महासभामा सहभागी हुन मन्त्री बस्नेतसहित ६ जनाको टोली स्वीजरल्याण्डको जेनेभा जान लागेका हुन्।
जेनेभा प्रस्थान गर्नुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्री आफूसहितको ६ जनाको टोली आज राति २ बजे जेनेभा प्रस्थान गर्ने जानकारी दिएका छन् ।
जेनेभामा मे २१ देखि ३० सम्म डब्लुएचओको महासभा हुँदैछ। मन्त्री बस्नेत सुरुको दुई दिन मात्र सहभागी भएर फर्कने कार्यतालिका रहेको छ ।
बाँकी टोली मे ३० सम्म जेनेभामा नै रहने जानकारी दिए ।
Leave a Reply