काठमाडौं । ५ करोड रुपैयाँमा बुद्ध धर्मग्रन्थ बिक्री गर्न खाज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पाना बिक्री गर्न खोजेको आरोपमा खोटाङका गेहेन्द्रसिंह आत्रय, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काभ्रेका जनक गिरी, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको १६ पाना ५ करोड रुपैँयामा खरिद बिक्रीको लागि छलफल गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो
। उनीहरुमध्ये जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको उक्त बुद्ध धर्मको पाना बरामद भएको हो ।
उनीहरू उपर प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
Leave a Reply