Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लडाकु शिविरमा भ्रष्टाचार भएकै हो, तर सुप्रिमोहरुलाई लाग्ला डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ ? : शंकर पोखरेल

    लडाकु शिविरमा भ्रष्टाचार भएकै हो, तर सुप्रिमोहरुलाई लाग्ला डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ ? : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 741
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविरमा खुलेआम भ्रष्टाचार भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सो कुरा खुलासा गरेका हुन् ।

    उनले लडाकु शिविर प्रकरणमा ७/८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२-३३ हजार पुर्याएको कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले हुंकारका साथ बोलेको अडियो सामाजिक संजालमा सुरक्षित रहेको बताए ।



    वास्तविक लडाकु ७(८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गरेको उनको भनाई छ ।



    शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा भएको उनी बताउँछन् ।

    ‘अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन् । यी सवै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन,’ महासचिव पोखरेलले भने ।

    ‘तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ? तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो,’ उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार