कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणबाट थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज गरिएको परीक्षणबाट ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अछाम मगलसेनका ७५ वर्षिया १ पुरुष, साँफेबगरका ३७ र ३० वर्षका २ महिला, चौरपाटीका २३ वर्षकी १ महिला, बाजुरा त्रिबेणीकी ७ वर्षिया १ बालिका र ७ वर्षका १ जना बालक रहेका छन् ।
त्यसैगरी कैलाली गौरीगंगाका २५, २० र ४४, वर्षका ३ पुरुष, गोदावरीका २२, १४ र ५ वर्षीया बालिका सहित ३ महिला २४ र ४५ वर्षका २ पुरुष तथा कंचनपुर कृष्णपुरका ३२ वर्षका १ पुरुष र कंचनपरकै भीमदत्तका २८ वर्षीय १ जना महिला रहेकोे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
Leave a Reply