काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जनाए ।
नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सिधै राष्ट्रपति रामचन्द्र पौडेलबाट या सदनबाट संकल्प प्रस्तावमार्फत नागरिकता विधेयक पारित गर्ने विकल्प रहेको पनि उल्लेख गरे।
Leave a Reply