Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा प्रेमकुमार राईको भूमिका के हो ? विवादमा ल्याउन एकपछि अर्को ’प्रोपोगान्डा’ !

    भुटानी शरणार्थी प्रकरणमा प्रेमकुमार राईको भूमिका के हो ? विवादमा ल्याउन एकपछि अर्को ’प्रोपोगान्डा’ !

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा विवादमा ल्याउन बिचौलिया समूह सक्रिय रहेको एकपछि अर्को घटनाक्रमबाट खुलेको छ ।

    निजामती सेवामा कहिल्यै नमेटिने निष्ठा र इमानको गहिरो छाप छोडेर गएका  राईलाई जबर्जस्ती भुटानी शरणार्थी प्रकरणमा विवादित बनाउने प्रयास भइरहेको हो । अख्तियार प्रमुख राईले निजामती सेवामा सुधारका अनेकौं दिर्घकालिन कामहरु संस्थागत गरेका थिए।



    नक्कली शरणार्थी प्रकरणमा उनी विरुद्ध एकपछि अर्को ’प्रोपोगान्डा’ जारी राखिएको छ ।  राईविरुद्धको ’प्रोपोगान्डा’ र यर्थाथ बुझ्न आवश्यक रहेको देखिन्छ । भुटानी शरणार्थी प्रकरणमा ठग गिरोहका नाइके सानु भण्डारीले अख्तियार प्रमुख राईलाई बदनामित बनाउने प्रयास गरिरहेका छन् । उनले प्रमुख राईलाई तानेपछि आफू उम्किन सकिन्छ कि भन्ने जुक्ति लाउन खोजेको देखिन्छ ।



    बालकृष्ण पन्थीको प्रतिवेदनमा कीर्ते गर्ने र नक्कली भूटानी शरणाथी थप्ने कार्य २०७८ साउनमा टेकनारायण पाण्डे गृहमन्त्रालयको सचिव भएपछि भएको हो भन्ने तथ्य जग जाहेर छ । तत्कालिन गृहसचिव प्रेमकुमार राईले २०७६ मा प्रतिवेदन बुझेका हुन् । जबकी कीर्ते र नक्कली थप्ने काम २०७८ बाट सुरु भयो । जब कीर्तेभयो त्यसपछि पैसा उठाउने काम सुरु भएको तथ्य छ । जबकी प्रेम राईले १९ माघ २०७६ मा अवकाश पाइसकेका थिए । त्यसपछि गृहसचिव महेश्वर न्यौपाने भए । न्यौपानेपछि टेकनारायण पाण्डे आए ।

    ठगी गिराहेका नाइके सानु भण्डारीले कहिले गृहमन्त्रालयमै गएर डेढ करोड दिएको त कहिले गाडीको डिकीमा अढाइ करोड राखेको बयान दिएको कुरा आइरहेको छ । यस्तो परस्पर बिरोधी बयान दिने ठग गिरोहका भण्डारीले अख्तियार प्रमुखलाई तानेपछि आफू उम्किन सकिन्छ कि भनेर बदनाम मात्र त गर्न खोजेका प्रष्ट हुन्न हुन्छ।
    प्रेमकुमार राईले आवेदन दिनेहरु शरणार्थी होइनन् भनेर उल्लेख भएको प्रतिवेदन बुझका हुन् ।

    शरणार्थी सम्बन्धी पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा बनेको कार्यदलको गोप्य प्रतिवेदन प्रेमकुमार राई गृहसचिव भएको बेलाइएको थियो । तर उक्त प्रतिवेदन कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री र गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले किर्ते गरेका थिए अर्थात् सैद्धान्तिक पक्ष सम्पादन गर्ने र अनुसुचीहरु थप्ने काम भएको थियो ।

    उक्त प्रतिवेदन गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय दुवैमा पठाइएको थियो । गृह मन्त्रालयमा भएको प्रतिवेदनमा किर्ते गरिएको थियो । त्यही कीर्ते प्रतिवदेन देखाएर प्रेमकुमार राईको बदनाम गर्ने प्रयास भयो । अख्तियारलाई भ्रष्टचारको लाइसेन्स बनाउन खोज्नेहरु दलाल तस्करहरुशुरु देखी नै प्रेम राई विरुद्ध सलबलाएका थिए । जब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सक्कली प्रतिवेदन प्राप्त भयो,त्यसपछि उनीविरुद्ध षड्यन्त्र प्रयास भएको प्रष्ट भइसकेको छ ।

    तस्कर र दलालहरुले  कुनै बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग आतंक सृजना गर्ने निकाय र पैसा छाप्ने मेसिनको रुपमा प्रयोग गरेका थिए । तर, अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हरेक कामहरु तथ्यमा गरिरहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गर्न नपाउनेहरुको एउटै उद्देश्य रहेको छ, प्रेमकुमार राईलाई हटाउने ।

    अख्तियारले बजेट हेरफेर गरेर राज्यलाई अरबौं घाटा लगाउने नासु रघुनाथ घिमिरे, सेक्युरिटी प्रेस स्थापनाका लागि उपकरण खरिद प्रक्रियामा अरबौं भ्रष्टचार गर्ने सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायतका ठुला बिचौलिया जस्ता थुप्रैलाई मुद्दा हालिएपछि उनीहरुसँग जोडिएका ठुला दलका नेताहरु समेत आत्तिएका छन् । एकपछि अर्को दलाल र तस्करहरु आत्तिएका छन् । तिनै दलाल र तस्करहरु राईलाई हटाउने अभियानमा जुटेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार