Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक आज : सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

    प्रतिनिधिसभा बैठक आज : सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 732
    SHARES

    काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ ।



    यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



    आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ।व। २०७८र०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

    यस्तै बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ‍ओलीले विशेष समय लिएर बोल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार