Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतभक्त हुँदा सरिता गिरीको सांसद पद गुम्यो

    भारतभक्त हुँदा सरिता गिरीको सांसद पद गुम्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । पार्टीको निर्देशन अटेर गर्ने भारतभक्त सांसद सरिता गिरीको सांसद पद गुमेको छ।

    संसद सचिवावलयका महासचिव भरतराज गौतमले समाजवादी पार्टीकी सांसद गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरी निर्वाचन आयोगलाई गिरीको पद गुमेको जानकारी गराएका हुन्।



    समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो।



    गिरीले नेपालको नयाँ नक्साको विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गर्दै विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार