Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

    साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 723
    SHARES

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप २०२३ को ड्र निकालेको छ ।

    आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।



    ड्रमा नेपाल ,भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् । नेपालको समूहमा भारत र कुवेतसँगै पाकिस्तान रहेको छ ।



    समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् । भारतको बेंगलुरुमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

    फिफाको प्रतिबन्धको कारण यो संस्करणमा श्रीलंकाको सहभागिता रहने छैन । भने, कुवेत र लेबनानले आमन्त्रित टीमको रूपमा खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार