Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राज्यले दिएको जिम्मेवारीलाई पुरा गर्ने नवनियुक्त आईजीपीको प्रतिवद्धता

    राज्यले दिएको जिम्मेवारीलाई पुरा गर्ने नवनियुक्त आईजीपीको प्रतिवद्धता

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

    गृह मन्त्रालयमा बिहीवार बिहान  गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिएका थिए ।



    त्यसपछि भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले आईजीपी क्षेत्रीलाई भने – तपाईंको कार्यकालमा शान्ति, सुरक्षा,अमनचयन कायमगर्न उत्कृष्ट हुने विश्वास लिएकाे छु । मेराे पुर्ण साथ र समर्थन रहन्छ । तपाईंको ट्राक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हाैँ । समायोजन काम टुंगोमा छिटाे पुग्नेगरि काम गर्नु । राज्यले विकासलाई प्राथमिकतामा राखेकाे छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हाे , त्यसमा विशेष ध्यान दिनुहोस् ।’



    गृहसचिव महेश्वर न्याैपानेले पनि बधाई तथा सफल कार्यकालकाे शुभकामना दिँदै टिमवर्कमा काम गर्न निर्देशन दिए । आईजीपी क्षेत्रीले आफु गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नाे कार्यकालमा इमान्दारीपुर्वक राज्यले दिएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार