Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाढिले १५ घर बगायो, दुईको मृत्यु, १८ जना बेपत्ता (अपडेट)

    बाढिले १५ घर बगायो, दुईको मृत्यु, १८ जना बेपत्ता (अपडेट)

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 5.6K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । अविरल वर्षका कारण बुधबार राति आएको बाढिले सिन्धुपाल्चोकमा १५ वटा घर बढाएको छ भने दुई वनाको र्मत्यु भएको छ । बाढिमा परेर १८ जना बेपत्ता भएका छन् ।

    बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १४ घर बगाएको छ । रातिको समयमा आएको बाढीले बेपत्ता बनाएकाेमध्ये दुईको शव फेला परेको हो ।



    मृत्यु हुनेमा २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेको बताइएको छ ।



    अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

    सेना र सशस्त्र प्रहरीको टोली भने घटनास्थल पुगिसकेको उनले सुनाए । त्यसै गरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ ।

    त्यसैगरी सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा कार्यरत एकजना चिनियाँ प्राविधिक बेपत्ता भएका छन्। भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले बाढीका कारण अर्बौंको क्षति समेत भएको बताए।

    यसैबीच सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर बिहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

    खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबिसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार