काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व.मदन भण्डारीको हत्याबारे समयक्रममा खोजी हुने बताएका छन् ।
बुधबार ३० औं मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीलेले एमालेका तत्कालीन महासचिव समेत रहेका भण्डारीको हत्याबारे सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘कहाँ र कसरी उहाँहरुको हत्या भएको थियो, त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको थियो केही अगाडि । त्यसमा उहाँले मदन भण्डारीको हत्या गर्ने काम मलाई जिम्मा दिन खोजिएको थियो तर, मैले जिम्मा लिन मानिनँ भनेर खुलस्त पार्नुभएको छ । फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर नामै तोक्नुभएको छ । यो सबैको समयक्रममा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’
अध्यक्ष ओलीले एमालेका तत्कालीन महासचिव समेत रहेका मदन भण्डारीले नयाँ नेपालका लागि थालेको अभियान पुरा गर्न नपाइ नै उहाँको निधन भएको बताए । उनले एमालेले लिएको विचार सही भएको भन्दै नेता कार्यकर्ताहरूमा आत्मविश्वास र उच्च मनोबल कायम राख्नुपर्ने बताए ।
Leave a Reply