Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ‘जिउँदो शहीद’ मुकेश कायस्थलाई सरकारले गर्यो सहिद घोषणा

    ‘जिउँदो शहीद’ मुकेश कायस्थलाई सरकारले गर्यो सहिद घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 801
    SHARES

    काठमाडौं । नेपाल सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो।



    ‘मंगलबार बसेको मन्त्रिपरिषद्ले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।



    लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३२ वर्षिय मुकेशको गत बुधबार साँझ साढे ७ बजे निधन भएको थियो ।

    २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार