Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपति अस्वस्थ भए नीति तथा कार्यक्रम उपराष्ट्रपतिलाई वाचन गर्न लगाऔँ : नेता रिमाल

    राष्ट्रपति अस्वस्थ भए नीति तथा कार्यक्रम उपराष्ट्रपतिलाई वाचन गर्न लगाऔँ : नेता रिमाल

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 606
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएको अवस्थामा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम बाचन गर्नुपर्ने बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले वाचन गर्ने विषयमा रिमालले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हुन् ।



    उपराष्ट्रपति पनि उपलब्ध नहुने अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने व्यवस्था भएको समेत उल्लेख गरेका छन् ।



    उनले भनेका छन्, ‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्नेगरी कार्यवाहक तोकौं । यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ । त्यसै गरौं । तर संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम नगरौं ।’

    सरकारले संसद्मा आगामी ५ गते यस वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार