Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • विदामा गएका चिनियाँ कामदार फर्केपछि लमजुङमा कोरोनाको डर

    विदामा गएका चिनियाँ कामदार फर्केपछि लमजुङमा कोरोनाको डर

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    लमजुङ । मस्र्याङ्दी जलविद्युत आयोजनामा काम गर्दै आएका चिनियाँ कामदार विदा सकेर परियोजनास्थलतर्फ फर्किन थालेपछि कोरोना भाइरस लाग्ने डरले लमजुङको मस्र्याङ्दी गाउँका स्थानीयहरु त्रसित बनेका छन् ।

    चिनियाँ नयाँ वर्ष मनाउन चीन गई फर्केका कामदारका कारण गाउँमा कोरोना लाग्ने जोखिम बढ्न थालेको भन्दै गाउँलेहरु त्रसित बनेका हुन् । जलविद्युत परियोजनाका अनुसार त्यहाँ काम गर्ने ६१ चिनियाँ कामदारमध्ये ५८ जना विदा मनाउन स्वदेश गएकोमा ३८ जना चिनियाँ कामदार फर्किसकेका छन् ।



    यता जिल्ला स्वास्थ्य कार्यालयले भने स्थानीयहरुलाई नआत्तिन आग्रह गरेको छ । विदा मनाउन गएका कामदारहरु कोरोना भाइरसबाट प्रभावित प्रान्तका नरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीयहरुलाई नआत्तिन आग्रह गरेको हो ।



    ‘नेपाल फर्किने हरेक चिनियाँको विमानस्थलमा स्वास्थ्य परीक्षण हुन्छ, त्यसैले डराउनुपर्ने अवस्था छैन ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले भने । उनका अनुसार चिनियाँ कामदारलाई चैत २ गतेसम्म काम नगर्न भनिएको छ ।

    कोरोनाको जोखिम बढिरहेको अवस्थामा परियोजना निर्माण क्षेत्रमा यसबारे जनचेताना जगाउने कार्यक्रम थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सामुदायिक अस्पताल, मस्याङ्दी गाउँपालिका र जलविद्युत परियोजनाका प्रतिनिधिहरु परियोजना क्षेत्र नजिकका बस्तीमा पुगी कोरोना भाइरसको लक्षण, बच्ने उपायबारे जानकारी दिइरहेको जिल्ला सामुदायिक अस्पतालका मेडिकल अफिसर वीरबहादुर स्याङतानले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार