Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबावबाट मुक्त भएर काम गर्छौं : गृहमन्त्री श्रेष्ठ

    नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबावबाट मुक्त भएर काम गर्छौं : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनलाई केन्द्रबिन्दुमा राखेर भ्रष्टाचारका सबै प्रकरणहरू अनुसन्धान गर्ने बताएका छन् ।

    सिंहदरबारमा मङ्गलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाए।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै गृहमन्त्री श्रेष्ठले रणार्थी प्रकरण अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको बताए ।

    गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाब वा अवान्छनीय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको बताए । निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए ।

    उनले संसद् र सडकबाट भएको भ्रष्टाचार विरोधी कदमको समर्थन रहेको भन्दै सरकार कुनै दबाबको अगाडी नझुक्ने स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार