Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्यटनमन्त्री किरातीले भने – सरकार र संसद अरुलै नै चलाउँदो रहेछ, हामी त डमीमात्रै !

    पर्यटनमन्त्री किरातीले भने – सरकार र संसद अरुलै नै चलाउँदो रहेछ, हामी त डमीमात्रै !

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 993
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद र सरकारमा आफु ‘ डमी’ जस्तो भएर बस्नु परेको गुनासो गरेका छन् ।

    मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    पर्यटनमन्त्री किरातीले भने, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ । हामी त डमीमात्रै रहेछौं । अरुले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ ।’



    संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको पर्यटनमन्त्री किरातीको भनाई छ । मन्त्री किरातीले मन्त्री पद अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे। उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार