काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भइरहेको बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाँणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा पार्टीले आपत्ति जनाएको छ ।
महतले भने, ‘आरजुले त्यो अडिओ फेक हो भने साइबर ब्युरोमा उजुरी पनि दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ । अहिले उहाँहरूविरूद्ध मिडिया ट्रायल भइरहेको छ।’
महतले नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने आफूहरूको भनाई रहेको पनि बताए ।
महतले यही प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने पनि दाबी गरे । आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको महतले दाबी गरे ।
Leave a Reply