Online Nepal
  • बुधबार, १० पुष २०८१
  • धेरै बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम गलत हो : अर्थमन्त्री महत

    धेरै बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम गलत हो : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 684
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताएका छन् ।

    सोमबार बीमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।



    अर्थमन्त्री महतले धेरै बीमा कम्पनीलाई लाइसेन्स वितरण गरिएको भन्दै अब मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे ।



    उनले भने, ‘धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्शन जरुरी रहेको छ । बीमामा धेरै क्षेत्रलाई समेट्न र नियामक निकायले व्यवसायिक हैसियत देखाउन जरुरी रहेको छ ।’

    बीमा क्षेत्र प्रतिस्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको उनको भनाइ थियो ।

    उनले राजनीतिक स्तरबाट नियामककारी निकायहरुमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय व्यवसायिकतामा ह्रास आइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार