Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भीम रावल भन्छन् – शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने षठ्यन्त्र भए इतिहासले माफी दिने छैन

    भीम रावल भन्छन् – शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने षठ्यन्त्र भए इतिहासले माफी दिने छैन

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 798
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षठ्यन्त्र भए इतिहासले माफी नदिने टिप्पणी गरेका छन् ।

    मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. रावलले उच्च तहबाट षड्यन्त्र भइरहेको समाचार आएका बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।



    ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भइरहेको समाचार छ । राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन,’ उनले लेखेका छन् ।



    शरणार्थी प्रकरणमा हालसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायत १३ जना पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार