एजेन्सी । । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले एक गोल गरे ।
गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ ।
पराजित टोली लेष्टर सिटीको भने रेलिगेशनमा पर्ने खतरा झनै बढेको छ । जितपछि लिभरपुलको ३६ खेलबाट ६५ अंक भएको छ ।
Leave a Reply