काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले उपसचिव र लेखा अधिकृतहरूको सरुवा गरेको छ ।
वैशाख ३१ को निर्णय अनुसार लेखा समूहका ६ जना उपसचिव र ४४ जना लेखा अधिकृतहरूको पदस्थापन, सरुवा तथा कामकाजका लागि खटाएको हो ।
६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।
हेर्नुस् को कहाँ पुगे ?
Leave a Reply