Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पासवर्ड ‘ह्याक’ गरेर बैंकबाट पैसा झिक्ने देवराज पक्राउ

    पासवर्ड ‘ह्याक’ गरेर बैंकबाट पैसा झिक्ने देवराज पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 930
    SHARES

    फाइल तस्विर

    मोरङ । पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एकजना मोरङबाट पक्राउ परेका छन् ।

    जिल्लाको सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् ।



    इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार उनले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार निकालेको आरोप छ ।



    यस्तै आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा रु ६६ हजार निकालेको उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार